काठमाडौँ- इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ।
दशरथ रंगशालामा भएको काभा वुमन्स नेसन्स लिगको सेमीफाइनल खेलमा इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो।
यसअघि नै श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ।
नेपाल र भारतबीच फाइनल खेल बुधबार हुनेछ।


