काठमाडौँ- काभा वुमन्स नेसन्स लिगको सेमीफाइनल खेलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ।
दशरथ रंगशालामा भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो।
नेपालले समूह चरणमा इरानसँग हारेको बदला समेत लिएको छ। समूह चरणमा नेपालले इरानसँग ३-२ को सेटमा पराजय भोगेको थियो।
मंगलबार नेपालले पहिलो सेट २५-२१ ले जितेको थियो।
रोमाञ्चक दोस्रो सेट नेपालले २८-२६ ले अघि रह्यो।
दोस्रो सेटमा नेपालले इरानले तीन पटक म्याच प्वाइन्टमा पुगेको अवस्था उल्टाएकव थियो।
तेस्रो सेट २५-२० ले जितेपछि खेल नेपाल फाइनलमा पुग्यो।
यसअघि नै श्रीलंकालाई ३-० को सेटमा पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ।
मंगलबार नै भएको पहिलो सेमिफाइनल खेलमा भारतले श्रीलंकाविरुद्ध पहिलो सेट १५-२५, दोस्रो सेट १६-२५ र तेस्रो सेट २३-२५ ले आफ्नो पक्षमा पार्न सफल भयो।
अब नेपाल र भारतबीच फाइनल खेल बुधबार हुनेछ।


