काठमाडौँ– काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ।
बुधबार दशरथ रंगशालाको कभर्डहलमा नेपालालई ३-२ को सेटमा पराजित गर्दै भारतले उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा भारतले चौथो सेट २५-२१ जित निकालेको थियो।
पहिलो सेट २३-२५ ले गुमाएको भारतले दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो।
तेस्रो सेट २२-२५ ले भारतले गुमाएको थियो।
पाचौँ सेटमा भारतले १५ प्वाइन्ट पुर्याउँदा नेपाल ५ प्वाइन्टमा मात्र थियो।


