ललितपुर- ललितपुर महानगर प्रहरीले गरेका कामहरुको फोटो संग्रह ‘तस्बिरमा-नगर प्रहरी’ विमोचन गरिएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतित्थ्यतामा फोटो संग्रह पुस्तक विमोचन गरिएको हो।
१५० पृष्ठको पुस्तिकामा महानगर प्रहरीले गरेका सुधार र विकासका कामका फोटो ‘पहिले र अहिले’ तुलना गरी राखिएको छ।
