कीर्तिपुरमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेपालले तेस्रो विकेट गिराएको छ। नेपाल विरुद्ध ब्याटिङ गरिरहेको युएईका सिपी रिजवन रनआउट भएका हुन्। रनआउट हुनुअघि उनले २१ बलमा सात रन जोडेका थिए।
आजको खेलमा यसअघि ललित राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट लिइसकेका छन्। सिपी आउट भएपछि मैदानमा भृत्य अरविन्दलाई साथ दिन आयान अफजल खान आइपुगेका छन्।
सिपी आउट भएसँगै युएईले २३ ओभरमा १२२ रन बनाएर तीन विकेट गुमाएको छ।
यसअघि, युएईका मोहम्मद वासिमलाई नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आउट गराइसकेका छन्। आउट हुनुअघि ४८ बलमै ६३ रन बनाएका वासिमलाई सन्दीपले १७ औं ओभरको दोस्रो बलमा एलबीडब्ल्यु आउट गराएका थिए।
त्यस्तै, युएईका लागि १९ रन बनाएका आर्यन लाक्रालाई नेपाली स्पिनर ललित नारायण राजवंशीले पेवेलियन फर्काएका थिए।


