काठमाडौँ– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ।
शनिबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरिएको हो।
डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद सुल्झाउन कुलमानमाथि सरकारले दबाब बढाएपछि कुलमानको समर्थनमा प्रदर्शन भएको हो।
प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ। झडपमा उत्रिएका ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बब्लु गुप्ता, सोम शर्मा, शिव साउद, हेमराज थापा, मदन बुढा र विजय कँडेल रहेको प्रहरीले जनाएको छ।


