२०८३ कार्तिक ११ गते मङ्गलबार

फैलिँदो छ पाथीभराको आकर्षण शक्ति [फोटो फिचर]

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २३
pathibhara (8)

ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिकस्थल हो। १२ हजार फिट उचाइमा रहेको मन्दिर पुग्न सदरमुकाम फुङलिङबाट २० किमी जानुपर्छ। ३ हजार ७९४ मिटर उचाइमा अवस्थित मन्दिर सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्छ।

मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ। अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा)देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ।

ताप्लेजुङका रैथाने लिम्बू समुदाय पाथीभरालाई ‘मुक्‍तुबुङ’ भनेर चिन्दछन्। स्थानीय लिम्बू भाषामा ‘मुक्तु’को अर्थ शक्ति वा बल र ‘बुङ’को अर्थ बोट भन्ने हुन्छ। पाथीभरालाई शक्ति वा बलको बोट (केन्द्र)को रूपमा पूजा गरिँदै आएको छ।

फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिँडेपछि पाथीभरादेवीको मन्दिर रहेको डाडाँमा पुग्न सकिन्छ। कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमशृंखला अवलोकन गर्न सकिन्छ।

काठमाडौँको कोटेश्वर र नयाँ बसपार्कबाट बसमा करिब २४ घण्टाको यात्रा तय गरेपछि पुगिन्छ ताप्लेजुङ सदरमुकाम। ताप्लेजुङ पुगे लगतै त्यहाँबाट बुलेरोमा सुकेटार हुँदै १ घण्टा ३० मिनेटमा सानोफेदी पुग्न सकिन्छ। सडक स्तरोन्नतिकै अवस्थामा रहेका कारण केही जोखिम भने रहेको छ।

सानोफेदीसम्म मात्र सडक पुगेकोले त्यहाँबाट भने करिब ५ किलोमिटर उकालोको यात्रा गरी पाथीभरा मन्दिर पुग्न सकिन्छ। बीचमा बास बस्नका लागि भने पर्याप्त होटल तथा लज सुविधा छ। केही समयअघिसम्म पूर्वी क्षेत्रमा धार्मिक यात्रामा जानेहरु मात्र पुग्ने पाथिभरामा अहिले देशविदेशका विभिन्न क्षेत्रबाट पर्यटक पुग्ने गरेका छन्।

प्रकाशित: २०८० बैशाख २३ गते शनिवार ०१:३१
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना