काठमाडौँ- तारकेश्वर नगरपालिका-५ अर्यालटारमा खोला पुरेर बनाएको खेलमैदान भासिएको छ।
उपत्यकामा भएको भारी वर्षाको कारण सो मैदानको बीच भाग भासिएको हो।
स्थानीय कुल प्रसाद अर्यालका अनुसार रुद्रेश्वर खोला पूरी सो मैदान बनाएको र महिना दिन अगाडि ढल फुटी मैदान भासिएको उनले बताए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


