काठमाडौँ- शनिबारदेखि नेपालमा सुरु भएको साफ यू–२० च्याम्पियनसिपमा आइतबार भारतले भुटानमाथि जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले भुटानविरुद्ध १–० गोलको जित निकालेको हो।
पहिलो हाफमा भारतले गरेको एक गोल नै निर्णायक बन्यो। खेलको अन्त्यतिर भुटानले धेरै प्रयास गरे पनि गोलमा परिणत गर्न भने सकेन।
भारतका लागि मोनिरूल मोल्लले गोल गरे। उनले ३७औं मिनेटमा गोल गरेका थिए। उनले कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाएका हुन्।
उनको त्यही गोल नै जितका लागि निर्णायक बन्यो।
