काठमाडौँ- नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरी गएको पहिरोले विभिन्न यात्रामा निस्किएका यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ।
पहिरो खुलाउने प्रयास जारी भएपनि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा आउने समय निर्धारण भइसकेको छैन।
पहिरो झरेपछि दुईतर्फ गाडीहरुको लामो लाइन लागेको छ। वर्षा पनि भइरहेकाले यात्रीहरू गाडीभित्रै छन्।
आज बिहान १० बजे देखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


