काठमाडौँ- गोरखापत्र प्रकाशनको १२३औं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सवको अवसरमा २०३० सालदेखि २०६० सालसम्मका पुराना फोटो प्रदर्शनी गरिएको छ।
देशमा भएको राजनीतिक परिवर्तन तथा विभिन्न घटनाक्रम समेटिएको फोटो प्रदर्शनी गरिएको गोरखापत्र फोटोग्राफी शाखाका प्रमुख रामप्रसाद हुमागाईंले जानकारी दिए।
तस्बिरमा २०४२ सालमा बेलायती महारानी एलिजाबेथ द्वितीयाको नेपाल भ्रमण २०५८ सालमा माइतीघर खाली गराइएका लगायत समेटिएको छ।
















