काठमाडौँ- नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सम भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
पेनाल्टीमा नेपालका लागि राम थापा, अभिनास स्याङतान, जयरथ शेख र सिमान्त थापा गोल गरेका थिए।
भुटानका जोत्सिन दोर्जीले पहिलो गोल गरे। तर जिग्मे नाम्गेल र उर्गेन दोर्जीको प्रहार गोल हुन सकेन।
खेलमा अग्रता भने भुटानले लिएको थियो। ५६ मिनेटमा जोत्सिन दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए।
७८ मिनेटमा नेपालले बराबरी गोल फर्काउन सफल भयो।
अब उपाधिका लागि नेपालले भारत वा बंगलादेश मध्ये एक टोलीसँग बुधबार दशरथमा प्रतिस्पर्धा गर्नेछ।


