२०८३ साउन १३ गते बुधबार

काभा महिला भलिबलको ट्रफी सार्वजनिक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २६
4

काठमाडौं – एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच ट्रफी सार्वजनिक गरे ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ८ गतेदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदै छ ।
प्रतियोगितामा दक्षिण र मध्य एसियाबाट ८ राष्ट्रको सहभागिता रहने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी गराए । नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानले भाग लिने छन् ।
सदस्य–सचिव घिसिङले नेपाली टोलीलाई ह्याट्रिक उपाधिका लागि शुभकामना दिदै भने– ‘तपाईंहरुले दुई पटक उपाधि जितेर आफूलाई प्रमाणित गरिसक्नु भएको छ । मलाई विश्वास छ, तपाईंहरुले फेरि उपाधि जितेर ह्याट्रिक गर्दै इतिहास रच्नु हुनेछ । सफलताका लागि कप्तान, खेलाडी, प्रशिक्षक, भलिबल संघका पदाधिकारी सम्पूर्णलाई शुभकामना छ ।’
अध्यक्ष चन्दले प्रतियोगिताका लागि राखेपले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै २०८० को अन्त्यतिर काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्ने सोच रहेको बताए ।
कार्यक्रममा प्रतियोगिताका लागि ढोरपाटन क्लबले पनि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । क्लबकी वरिष्ठ उपाध्यक्ष छलकुमारी छन्त्यालले भलिबल संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई १ लाख नगद हस्तान्तरण गरिन् ।

प्रकाशित: २०८० बैशाख २६ गते मङ्गलबार ०९:३२
प्रतिक्रिया

थप समाचार

कप्तानबाट बर्खास्त भएका हरिहजुरले फिर्ता लिए प्रशिक्षणबाट आफ्नो नाम

काठमाडौं – स्वास्थ्यको कारण देखाउँदै राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापाले एसियाडको प्रशिक्षणबाट आफ्नो नाम फिर्ता लिएका छन्। चीनमा हुने एसियाली खेलकुदका लागि िभलिबल संघले बोलाएको...

भलिबलका हरीहजुर बर्खास्त, मान बहादुर बने नयाँ कप्तान

काठमाडौं – नेपाल भलिबल संघले हरिहजुर थापालाई बर्खास्त गरेर मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त गरेको छ। नेपाल भलिबल संघको हिजो सोमबार बसेको कार्यसमिति...

भलिबल खेलाडी अमृत क्षेत्रीद्वारा पत्रकारमाथि हातपातको प्रयास

काठमाडौं – टिपटप नेपालका खेलाडी अमृत क्षेत्रीले भलिबल प्रतियोगिताको फाइनलको रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि हातपातको प्रयास गरेका छन्। मिडिया बक्समा बाहिरको मानिस प्रवेश गरेर आफूलाई...

एपिएफलाई हराउँदै पुलिसले जित्यो एनभीए भलिबल लिगको उपाधि

काठमाडौ – काठमाडौंमा आज सम्पन्न भएका सातौं संस्करणको महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आजै सम्पन्न भएको...

एनभीए भलिबल लिगः पुलिसले आर्मीलाई हरायो

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ। चौथो खेल सम्म अपराजित आर्मीलाई आज...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना