२०८३ कार्तिक १७ गते सोमबार

स्वास्थ्य संस्था सुधार कार्यदलले बुझायो प्रतिवेदन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
lochan_karki

काठमाडौँ- संघीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।

बिहीबार प्रा डा लोचन कार्की संयोजकत्वको ५ सदस्यीय कार्यदलले मन्त्री पौडेललाई सुझाव प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन ग्रहण गरे पछि मन्त्री पौडेलले अध्ययनपश्चात प्रतिवेदन कार्यान्वयनमा लैजाने घोषणा गरे।

‘अस्पतालहरूमा कार्यरत स्वास्थ्य जनशक्तिलाई उत्प्रेरणा प्रदान गर्न कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्ने हाम्रो योजनालाई अघि बढाउन रचनात्मक सुझाव प्राप्त भएको छ,’ उनले भने, ‘थप गृहकार्य गरेर प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने र आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ।’

अहिले अस्पतालहरुमा जनशक्ति अभावका कारण सेवाको चाप बढिरहेका बेला मन्त्री पौडेलले स्वास्थ्य कर्मचारीलाई प्रोत्साहनस्वरुप अतिरिक्त सुविधा दिएर दुई सिफ्टमा सेवा सञ्चालन साथै थप सेवा विस्तार गर्ने लक्ष्य राखेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीमार्फत स्वास्थ्यकर्मीको मनोबल बढाएर गुणस्तर सुधार गर्ने घोषणा गरेका थिए।

सोही घोषणाको व्यवहारिक कार्यान्वयन अघि बढाउन भन्दै मन्त्रालयले ‘स्वास्थ्य सेवा प्रदायक निकायको सेवा सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गरी उच्च मनोबलका साथ गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सुधारका लागि सुझाव कार्यदल’ गठन गरेको थियो।

प्रकाशित: २०८१ भदौ १३ गते बिहिबार ०५:४३
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना