२०८३ कार्तिक १४ गते शुक्रबार

‘जङ्गली हात्ती धपाउँदा धपाउँदै बित्छ रात’

 |  रासस
Sanket

रासस

काठमाडौँ, भदौ १५
hattika-bathan

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भयो। राति जङ्गलमा दैनिक आउने जङ्गली हात्तीको गतिविधि निगरानी गर्नुपर्ने भएकाले नै उनी सुत्न पाएका छैनन्।

प्रत्येक रात ‘टर्चलाइट’ बोकेर हात्ती धपाउनुपर्ने आफ्नो दिनचर्या नै भएको उनको भनाइ छ। दिनभरि बाहिर काम गरेर रातिको समयमा खाना खाएर आराम गर्नका लागि आएका बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारणले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए।

रातिको समयमा आउने हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ छ। भट्टाई जस्तै बराहक्षेत्र–२, पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै छ।

दैनिक रुपमा कोशी टप्पु वन्यजनतु आरक्ष तथा अन्य जङ्गलबाट आउने हात्तीका कारणले समस्या हुँदै आएको छ। भदौ १२ गते मात्र बाहिरबाट गलेर आएका बेलामा खाना खाएर सुते पनि आएको हात्तीको समूहले घरमा क्षति पुर्‍याएको उनले बताए।

यी दुईजना त मध्यवर्ती क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुन्।

यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीको कारणले आर्थिक तथा भौतिक क्षति गर्ने गरेको छ। हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त भएको छैन।

क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्नका लागि पटक–पटक स्थानीयले माग गरेका छन्।

कोशी टप्पु आरक्ष प्रशासनसमेत हात्तीका कारणले समस्या हुँदै आएको र यसबाट पीडित भएकालाई सुविधा सहज रुपमा उपलब्ध गराउँदै आएको जनाएको छ।

साउनदेखि यता अहिलेसम्म एक सयभन्दा बढी घरपरिवारले क्षतिपूर्तिका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा सिफारिसका लागि आएको बराहक्षेत्र–२ का वडाअध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए।

प्रकाशित: २०८१ भदौ १५ गते शनिवार ०८:१३
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना