काठमाडौँ- चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले कार्यभार सम्हालेका छ्न्। सञ्चार मन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकले डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो।
बोर्डका कर्मचारीहरुले फूलमाला लगाएर डीसीको स्वागत गरेका थिए। पदभार ग्रहण गर्दै डीसीले फिल्म ज्ञान शास्त्रलाई निर्माण इजाजतपत्रमा हस्ताक्षर गरे। आफू जागिर खान मात्रै नआएको भन्दै काम गरेर देखाउने दाबी गरेका थिए।
अध्यक्षका लागि ६ जनाको नाम छानिएकोमा सरकारले डीसीलाई नियुक्त गरेको थियो। डीसी चलचित्र विकास बोर्डको १८औँ अध्यक्ष हुन्। करिब डेढ महिनादेखि बोर्ड अध्यक्षको पद खाली थियो।
डीसी एमाले निकट हुन्। उनी जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्षसमेत हुन्।
डिसीले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट फिल्मी दुनियाँमा डेब्यु गरेका थिए। दाइको ससुराली, सावधान, मायाज बार, फूलैफूलको मौसम तिमीलाई, ६ एकान ६ लगायतका फिल्म निर्देशन गरेका छन्।


