मलमा अनुदान कटौतीविरुद्ध र मल आपूर्ति व्यवस्था मिलाउन माग गर्दै नेपाल क्रान्तिकारी किसान संघले विरोध प्रदर्शन गरेको छ। सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्कमा गएर विरोध सभामा परिणत भयको थियो।
रासायनिक मलमा सरकारले दिँदै आएको अनुदान कटौती गरेपछि मूल्य आकासिएको छ। मूल्य पनि आकासिएको र सहज आपूर्ति पनि नभएका कारण आफूहरू दोहोरो मारमा परेको आन्दोलित किसानले गुनासो गरेका छन्।


