२०८३ कार्तिक १२ गते बुधबार

ऐतिहासिक महत्वका अजम्बरी सम्पदा नामेट हुने अवस्थामा

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख २५
parwat math mandir nasidai

गलेश्वर – बेनी–दरबाङ सडकको ट्र्याक नखुल्दासम्म यस क्षेत्रमा बटुवा र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका १४ ठाँटी थिए। ठाउँठाउँमा थान, थुम्का, चौतारी, देवल र सत्तल थिए। सडक खुलेको दुई दशकभित्रमा ती सबै सम्पदा नामो निसान नभेटिने गरी पुरिए।

बेनी–दरबाङ क्षेत्रका मात्रै होइन जिल्लाका सबै ठाउँका ऐतिहासिक तथा पुरातात्विक महत्वका मठ, मन्दिर, सत्तल, देवल, थुम्का, चौतारी, पोखरी, पाटीपौवा र धारा तथा कुवाजस्ता सम्पदा विगत २० वर्षयता नामेट हुने अवस्थामा पुगिसेका छन्। डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुनाकन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन्।

तत्कालीन पर्वत राज्यअन्तर्गतको डढेकोट, ज्यामरुककोट, ताकम, ढोलठानलगायत जिल्लाका ऐतिहासिक ठाउँका पुरातात्विक सम्पदा अहिलेको पुस्ताका लागि एकादेशको कथा जस्तै बनेका जिल्लाका ऐतिहासिक सम्पदाका विषयमा खोज अनुसन्धान गर्दै आएका बेनी नगरपालिका–५ पुलाचौरका शिव बानियाँले बताए।

दुई दशकअघिसम्म ग्रामीण क्षेत्रका लेकबेँसी, बस्ती, गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का नासिएर अहिले देखिनरभेटिन छाडेका उनको भनाइ छ। डोजर चालक नै इञ्जिनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौं पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएर गए पनि यिनको संरक्षणका लागि कुनै निकायले वास्ता नगरेको स्थानीयको भनाइ छ।

विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्क नगरी जथाभावी खनिएका मोटरबाटोका कारण म्याग्दीको बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका तीन दर्जन बढी ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिएका पाइएको छ। यस्ता प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क अद्यावधिक गर्ने कुनै निकाय नभए पनि स्थानीय तहले आआफ्नो क्षेत्रमा पहिला भएका र अहिले नरहेका यस्ता सम्पदाको बल्ल जानकारी लिन सुरु गरेका छन्।

गाउँगाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय पाटी, पैवा, सत्तल, देवल, धारा, कुवा र चौतारी पोखरी भत्काइएको तथा पुरिएको बेनीका दण्डपाणि उपाध्यायले बताए। उनले भने, ‘विकासको नामबाट जुन विनाश भएको छ त्यसले दीर्घकालसम्म अपूरणीय क्षति पुर्‍याइरहने छ, सडकका नाममा डोजरले खेतका गरा, कान्ला र उर्वर जमिन मात्रै भत्काएको छैन आफ्ना पुर्खाको कीर्ति, संस्कृति, सभ्यता र हाम्रो परम्पराको जग पनि हल्लाएको छ, यसले हाम्रो ग्रामीण सौन्दर्य पनि खोसिदिएको छ।’

बाइसेचौबिसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक देबल, मठ, थुम्का, सत्तल, चौतारी, पोखरी, कुवा र इनार अहिले खण्डहरमा परिणत भएका स्थानीयले बताएका छन्। ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्ति बम मल्लले बनाएको फूलपाती चौतारी, डम्मरा चौतारी, गौडालाउने चौतारी, लामागराको पुर्खे सत्तल, ज्यामरुककोटको देवल, हाँडेभिर पश्चिमको पाती चढाउने थुम्कोलगायत दर्जनौं ऐतिहाँसिक, पुरातात्विक र प्राकृतिक सम्पदा नासिएका बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्यायले बताए।

त्यसैगरी ऐतिहासिक महत्व बोकेका खड्ग भवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा तथा पोखरीको पनि अस्तित्व सङ्कटमा परेको छ। मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

स्थानीयको गुनासोलाई ध्यानमा राख्दै यहाँका केही स्थानीय तहले ऐतिहासिक स्थलको संरक्षणमा चासो दिन थालेका छन्। ऐतिहासिक ज्यामरुककोटको खड्ग भवानी कोतमा रहेका ऐतिहासिक खजाना र सम्पदाको संरक्षण गर्न सुरु गरिएको बेनी–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताए।
– ध्रुवसागर शर्मा

प्रकाशित: २०८० बैशाख २५ गते सोमबार ०१:२९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

इटहरी सेन्टर प्लाजा आगलागी : हेलिकोप्टरद्वारा ११ जनाको उद्धार

इटहरी (सुनसरी)- इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी...

बालेनको घर पुगेर प्रचण्डले भने- रमाइलो छ, सबै मिलेर देश बनाउनु छ

काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभुति भएको बताएका छन्। जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समते...

आबुखैरहनीमा बस दुर्घटनाः एकको मृत्यु, १३ जना घाइते

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेहनी गाउँपालिका–१ सत्र सयमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा...

निर्दोष बालबालिका पनि कारागारमा

गलकोट (बागलुङ)- जिल्ला कारागारमा निर्दोष बालबालिकालाई पनि जेलमा राख्ने गरिएको छ। बागलुङको महिला कैदीबन्दीका दुई बालबालिका कारगारमा बस्न बाध्य भएका हुन्। चार वर्षीय बालक कारागारमा बसेको १०...

मिटरब्याजपीडितलाई सरकारले वार्तामा बोलायो

काठमाडौँ-  आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ। मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना