काठमाडौँ- फ्रान्सको पेरिसमा हालै सम्पन्न प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा काँस्य पदक विजेता पलेशा गोवर्धन स्वदेश फर्किएकी छन्।
बुधबार नेपाली पारा तेक्वान्दो टोली फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ।
गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायत पुगेका थिए। यसपछि उनलाई राष्ट्रिय खेलकुद परिषदले पनि सम्मान गरेको छ।
पदक जितेसँगै पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छिन्। उनलाई एनसेलले १० लाख पुरस्कारसहित सम्मान गर्ने भएको छ। काठमाडौँ महानगरले ५ लाख दिने घोषणा गरेको छ।
पलेशाले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी हुन्। पारा ओलम्पिका नेपालले जितेको यो पहिलो पदक हो। नेपालले सन् २००४ देखि पारा ओलम्पिकमा सहभागीता जनाउन थालेको हो।
पलेशाले तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सर्बियाकी मारिया मिसेभलाई १५-८ले हराउँदै मा कांस्य जितेकी थिइन्।
पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गरेकी थिइन् भने उनी क्वार्टफाइलनमा विश्व नम्बर १ ब्राजिलियन खेलाडीसँग सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भएकी थिइन्।
पलेशाको यो दोस्रो पारा ओलम्पिक सहभागीता हो। २०२१ मा जापानमा भएको पारा ओलम्पिकमा उनी कास्य पदकका लागि भएको भीडन्तमा पराजित भएकी थिइन्।
यो पटक उनी छनोट चरण पार गर्दै पेरिस पुगेकी हुन्। पलेशाले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा ऐतिहासिक स्वर्ण जितेकी थिइन्।

फ्रान्सको पेरिसमा हालै सम्पन्न प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै । गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्बिर ः हरिराम भेटुवाल / रासस

फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागतपछि नगर परिक्रमा गराइँदै । साथमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायत । तस्बिर ः हरिराम भेटुवाल / रासस

फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै । गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायतको बाक्लो उपस्थिती रहेको थियो । तस्बिर ः हरिराम भेटुवाल / रासस

फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै । गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायतको बाक्लो उपस्थिती रहेको थियो र । तस्बिर ः हरिराम भेटुवाल / रासस


