काठमाडौँ- काठमाडौँ महानगरपालिकाले असरल्ल तार व्यवस्थापन सुरु गरेको छ। अव्यवस्थित तारले सहरी सौन्दर्य बिगारेको र दुर्घटनाको जोखिम बढाएको भन्दै काठमाडौँ महानगरले तार व्यवस्थापनको काम अघि बढाएको हो।
सोमबार बिहानबाट महानगरले माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा तार व्यवस्थापन गर्न थालेको हो। तार व्यवस्थापन कार्यमा सबै इन्टरनेट सेवा प्रदायकलाई अनिवार्य रूपमा सहभागी हुन प्राधिकरणले सूचित गरेको छ। सरोकारवाला निकायसँग बैठक गरी महानगरले तार काट्ने सहमति जुटाएर काम थालेको हो।
यस्तो छ प्राधिकरणले तोकेको तार व्यवस्थापन रुट
माईतीघरदेखि एयरपोर्ट
त्रिपुरेश्वरदेखि महाराजगञ्ज
न्यूरोड – वसन्तपुर हुदैँ असन
माईतीघर – पुतलीसडक हुदैँ नारायणहिटी
भद्रकाली – नारायणहिटी – कमलादी हुदैँ रानीपोखरी
डिल्लीबजार – अनामनगर हुदै बीआईसीसी रिङ
नक्साल – वालुवाटार हुदैँ शीतलनिवास
माईतीघर – त्रिपुरेश्वर हुदैँ कलकीं
लैनचौर – अस्कल – रानिवारी हुदैँ सामाखुशी
सोह्रखुट्टे – ढल्को – ताहाचल हुदैँ स्वयम्भु
सिनामंगल – पुरोनो वानेश्वर हुदैँ गौशला
गौशला– बौद्धनाथ
कालिमाटी – कुलेश्वर हुदैँ बल्खु








