२०८३ कार्तिक १३ गते बिहिबार

प्रेमभक्त प्रह्लाद

 |  रामबहादुर थापा
Sanket

रामबहादुर थापा

काठमाडौँ, भदौ १९
prahlad

पोखरा- तपाईँलाई सबैभन्दा बढी मनपर्ने आफ्नो गीत कुन हो ? गीतकार प्रह्लाद सुवेदीले भने, ‘म त्यही गीतको खोजीमा छु।’ घुमाउरो जवाफ फर्काउँदै उनले गीत लेखनप्रतिको आफ्नो असिम प्रेम र तृष्णालाई उजागर गर्नुभयो। हरेकलाई आफ्नो सिर्जना प्रिय र समान लाग्ने उनको बुझाइ छ।

गीत लेखनमा दुई दशक बिताएका सुवेदी आफूलाई सिर्जनकर्मको शैशवकालमा रहेको भन्न रुचाउँछन्। लोक र दोहोरी गीतका सिद्धहस्त सर्जक सुवेदीले आफूले बाँचेको समय र आफ्ना निजात्मक अभिव्यक्तिलाई गीतमा उधिन्ने गरेको बताए। उनका गीतका मुख्य भावभूमि भनेको मानवीय प्रेम, समवेदना र करुणा हुन्।

‘मेरा अधिकांश गीत प्रेमगीत हुन्, केही सांस्कृतिक विषयवस्तुका पनि छन्’, उनले भने, ‘माया भन्ने विषय प्रेमको सर्वोत्तम विन्दु हो। यसलाई जीवन्त बनाउनु आफ्नो दायित्व हो जस्तो लाग्छ।’ पर्वतको कुश्मा नगरपालिका–१ पाङका सुवेदीले प्रेम, ध्यान र सङ्गीत गरी मानव जीवनका तीन धारलाई आफूले सिरोपर गरेको बताए।

चलचित्रका गीत सुन्दासुन्दै आफ्नो कला र सङ्गीतसँग परिचय भएको सुवेदीको भनाइ छ। लोकगायक विष्णु खत्रीलगायतलाई उनले आफ्नो प्रेरणाको स्रोत मान्छन्।

बुद्ध पुरुष ओशोका अनुयायीसमेत रहेका सुवेदीले सङ्गीत जीवनको सबैभन्दा मिठो अभिव्यक्ति भएको बताए। ‘गीत पनि सङ्गीतकै एउटा पक्ष हो, मैले यसलाई मन्त्र बनाएको छु’, उनले भने, ‘प्रेमगीत मेरा चिनारी हुन्, म गीतको जिज्ञासु पाठक र स्रोता पनि हुँ।’

पौराणिककालका पात्र विष्णुभक्त प्रह्लाद झै उनी प्रेमगीतका भक्त हुन् भन्दा अतियुक्ति हुँदैन। सुवेदीले गीतलेखनमा आफूलाई समर्पित गरेको बताए। ‘सिर्जनालाई जीवनमा अपनाएँ, मैले आफ्नो बाटो पहिलाएँ, अहिले यसैमा यात्रारत छु, आफूप्रति कुनै गुनासो छैन’, उनले भने।

सुवेदीले हमलसम्म तीन सय बढी गीत नेपाली लोकसङ्गीतलाई दिइसकेका छन्। केही गीतमा उनको स्वर र सङ्गीतसमेत छ। स्नातक पढाइका लागि विसं २०६० मा पाङबाट बागलुङ सदरमुकाम झरेका उनले सिर्जना यात्रा पनि त्यहीबाट सुरु भएको थियो। उनका केही गीत बागलुङ छँदै सार्वजनिक भएका थिए।

विसं २०६१ मा स्वराङ्कन भएको ‘लाइयो माया पढ्ने बेलैमा…’ उनको पहिलो गीत हो। उक्त गीतमा गायक याम क्षेत्री र गायिका बिमाकुमारी दुराको स्वर छ। ‘गीतप्रतिको रुचि सानैदेखिको थियो, क्याम्पस पढ्न बागलुङ झरेपछि त्यो अझै झाङ्गियो’, उनले विगत कोट्याए, ‘सिर्जनाप्रेमी साथीभाइसँगको सङ्गत र उठ्बसले पनि प्रेरित गरेको थियो।’ उनले बागलुङ बजारका हरेक चोक र गल्लीसँग आफ्ना स्मृति गाँसिएको बताए।

सुवेदीले बागलुङमा हुने चैत्राष्टमी मेलालगायत विभिन्न पर्व र उत्सवमा हुने लोकदोहोरी प्रतियोगितामा पनि भाग लिनुहुन्थ्यो। विसं २०६३ मा स्नातक पूरा गरी थप अध्ययनका लागि उन काठमाडौँ पुगे। त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्ययन सुरु गरेको सुवेदीले बताए। काठमाडौँमा गीत लेखनको यात्राले थप मलजल पाएको उनको भनाइ छ।

नेपाली सङ्गीतले व्यावसायिक चरणमा प्रवेश गरिरहेका बेला सुवेदीले ‘नजाउ है सानु पँधेरीमा…’ जस्तो चर्चित गीत लेखे। बसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको उक्त गीतले उनलाई थप उचाइमा पुर्‍यायो।

सुवेदी त्योबेला कीर्तिपूरमा बसेर पढ्थे। एकदिन सखारै ३ बजेतिर कीर्तिपुरको सडकमा निस्कँदा उक्त गीतले जन्म लिएको उनले बताए।

‘टहल्दै बाहिर हिँडिरहेका बेला सडकमा आफ्नै छाया देखेपछि ‘नजाऊ है सानु पँधेरीमा, आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा…’ फुर्‍यो’, गीतको रचनाबारे उनले भने, ‘हिँड्दाहिँड्दै गीतको थेगो तयार भयो, मैले उतिखेरै सङ्गीतकार बसन्त थापालाई पठाएँ, भोलिपल्ट राति उनले धुन तयार गरेर मलाई पठाउनुभयो।’

‘सिर्जनलाई जीवनमा अपनाएँ, मैले आफ्नो बाटो पहिलाएँ, अहिले यसैमा यात्रारत छु, आफूप्रति कुनै गुनासो छैन’, उनले भने।

सङ्गीतकार थापाले उक्त गीतका लागि एकैपटकमा धुन तयार पारेको सुवेदीले बताए। त्योबेलाका उदाउँदा गायक कुलेन्द्र विश्वकर्मा, सङ्गीतकार थापा र गीतकार सुवेदीले उक्त गीतमा सहकार्य गरेका थिए।

‘कुलेन्द्रजी पनि पर्वतकै, थापा बागलुङको, हामी धवलागिरि क्षेत्रबाट सङ्घर्ष गरेर काठमाडौँ छिरेका कलाकार भएकाले सहकार्यको वातावरण बन्यो, गीत पनि सफल भयो’, उनले भने। उक्त गीतमा गायक विश्वकर्मालाई गायिका विष्णु माझीले साथ दिएका छन्।

भृकृटीमण्डपमा रातभर जाग्राम बसेर उक्त गीतको चलदृश्य छायाङ्कलन गरिएको सुवदीले सम्झिए। त्यसअघि सुवेदीले लेखेको ‘जोगीको भेषैमा…’ गीतमा पनि कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ। ७० को दशकयता सुवेदीको गीत लेखनले झन्झन् तीव्रता पाउँदै गयो। ‘माया हाँसेको…’, ‘शीतल दिने पिपल स्वामी छ…’, ‘अझै कन्य हो…’, ‘बर्बर आँशु झर्दा खेरीमा..’ जस्ता गीतले उनलाई अझ प्रखर गीतकारका रुपमा चिनायो।

पञ्चेबाजाका गीतमा पनि सुवेदीले कलम चलाएका छन्। प्रेम र करुणाले ओतप्रोत गीत रचनामा पोख्त उनका गीतमा संयोगान्त र वियोगान्त कथा पाइन्छन्। उन गीतलाई वाङ्मयको सबैभन्दा सुन्दरतम् उपजका रुपमा लिन्छन्।

‘थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्ने खुबी गीतले राख्छ, यो काव्यमा सबैभन्दा बढी सम्प्रेष्य विधा हो, गीतका हरेक हरफ र अनुच्छेदले कथा बोकेको हुन्छ’, सुवेदीले भने। गीत लेखेरै आफू बाँचेको उनले बताए। साहित्यका अरु विधामा लेख्ने रुचि भए पनि गीतलेखनलाई आफूले मूलः रुपमा अपनाएको उनको भनाइ छ।

सङ्गीतमय पवर्त–बागलुङको प्रकृति, पर्यावरण र सांस्कृतिक परिवेशले सिर्जनातर्फ डोर्‍याएको सुवेदीले बताए। ‘न्वारानदेखि शङ्ख र भजन सुन्दै हामी हुर्कियौँ, जीवन र प्रकृतिका हरेक कुनाकन्दरामा सङ्गीतको मुर्छन्ना भेटिन्छ’, उनले भने, ‘सृष्टिमा सबै कुरा उपलब्ध छ, हामीले त्यसलाई कलाको माध्यमबाट अभिव्यक्त गर्ने मात्र हो।’

आफूमा गीतसङ्गीतप्रतिको रुचि जाग्नुमा चलचित्रका गीतको प्रेरणा रहेको सुवेदीको भनाइ छ। ‘गाउँमा रोपाइँ सकियो भने हामी चलचित्र हेर्न बागलुङ बजार जान्थ्यौँ, त्यो बेला रेडियो नेपालमा बज्ने ‘चित्रमाला’ कार्यक्रम पनि खुब सुनिन्थ्यो’, सुवेदीले भने, ‘रामकृष्ण ढकाल, यम बराललगायत गायकका गीत त्यो बेला चर्चामा थिए।’ पुराना क्यासेटमा चलचित्र र आधुनिक गीत भरेर सुन्ने गरेको उनले अनुभव बताए।

चलचित्रका गीत सुन्दासुन्दै आफ्नो कला र सङ्गीतसँग परिचय भएको सुवेदीको भनाइ छ। लोकगायक विष्णु खत्रीलगायतलाई उनले आफ्नो प्रेरणाको स्रोत मान्छन्।

सुरुआती चरणमा पर्वतका गायक याम क्षेत्री र गायक तथा सङ्गीतकार बसन्त थापासँगको साङ्गीतिक सहयात्रालाई उनले कहिल्यै नबिर्सने बताए। गायक क्षेत्री अमेरिकामा छन् भने सङ्गीतकार थापासँग उनको अहिले पनि सहकार्य जारी छ। सुवेदीले लेखेका र सङ्गीत भरेका गीत ‘ऐना सिसाको..’ गायक थापालगायतको स्वरमा छिट्टै सार्वजनिक हुँदैछन्।

उक्त गीतको चलदृश्य छायाङ्कन भइरहेको सुवेदीले जानकारी दिए। नआफ्नै स्वरमा आउन लागेको गीत ‘पारि वन…’ पनि अहिले छायाङ्कनका क्रममा रहेको उनले बताए। सिर्जनाकर्मलाई व्यावसायिक मार्गमा डोर्‍याउन सुवेदीले ‘भावगङ्गा’ नामको डिजिटल कम्पनी पनि सञ्चालनमा ल्याउनुभएको छ। उनको आफ्नै नामको ‘युट्युब च्यानल’ पनि छ।

सुवेदीले गीत लेखनबाट प्रतिष्ठित ‘बिन्ध्यवासिनी’, ‘कालिका’लगायतका अवार्ड तथा सम्मान पाइसकेका छन्। शिष्ट र शालिन बान्कीमा घाँटीमा ओशोको माला पहिरेर मन्द मुस्कानसहित गफिएका सुवेदीले आफू नामको भने भोगी नरहेको बताए। ‘बाँचुञ्जेल जीवन यात्राको आनन्द लिनुपर्छ, नाम पनि आखिर पानीको फोका जस्तै हो, मृत्यु शय्यामा जाँदा केबल रित्तो भएर जानुपर्छ’, रासससँगको कुराकानीलाई बिट मार्दै उनले कवि तीर्थ श्रेष्ठको कविता सम्झिए–

हामीले लेखेर आएका छौँ
हिउँमा आ–आफ्ना नामहरु
एकछिनमा हिउँ थपियो भने
रहने छैनन् हाम्रा नामहरु
हामी रहँदारहँदै 
नरहने हाम्रा नामहरु 
हामी नरहँदा 
कसरी रहलान् हाम्रा नामहरु !

प्रकाशित: २०८१ भदौ १९ गते बुधबार ०२:२८
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना