काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज नेपाली हिन्दू नारीहरूले महादेवको पूजा आराधना गरी मनाइरहेका छन्।
तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरू पानीको पर्बाह नगरीकन नाच गान गर्दै रमाइलो गरिरहेका छन्।
व्रतालुहरू तिजका विभिन्न भाका गाउँदै पशुपतिनाथ परिसरमा रमाइरहेका छन्।
पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन्।


