काठमाडौँँ- काठमाडौँको नक्सालस्थित टेस्ला शोरूमको आगलागी नियन्त्रणमा आएको छ।
शुक्रबार दिउँसो १२ बजे नक्सालमा रहेको टेस्ला गाडीको शोरूममा आगलागी भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार केही बेर अगाडि आगलागी नियन्त्रणमा लिइएको हो।
आगलागीको कारण खुलेको छैन।
आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ।
आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।


