काठमाडौँ– शनिबारदेखि ललितपुरमा जारी ‘काठमाडौ–कलिङ साहित्य महोत्सवको तेस्रो संस्करणमा पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत भएका छन्।
पुरस्कृत कृतिहरूमा काव्यतर्फ देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’, आख्यानतर्फ मुना चौधरीको ‘लार’ कथा संग्रह, गैर-आख्यानतर्फ मोमिला जोशीको ‘प्रश्नहरु त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ (संयुक्त) र अंग्रेजीतर्फ रोहिणी राणाको ‘द नेपाल कुक बुक’ र अनुसन्धानतर्फ यज्ञराज उपाध्यायको ‘काली कर्णालीको लोक साहित्य’ कृतिहरू रहेका छन्।
पुरस्कृत कृतिका प्रत्येक सष्टालाई बीस हजार राशीसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको छ।
दुई दिने महोत्सव भोलि आइतबारसम्म चल्नेछ।


