काठमाडौँ- हिन्दू धर्मावलम्बी नारीहरूले सप्तर्षिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाएका छन्।
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा नारीहरू बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन्।
आजको दिन व्रतपूजा गर्नाले रजदोष निवृत्ति हुन्छ भन्ने विश्वास गरिन्छ।
यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
आज काठमाडौंको पशुपतिनाथ, टेकुस्थित ऋषेश्वर मन्दिरलगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भिड लाग्ने गर्छ।
टेकुस्थित ऋषेश्वर र काठमाडौंको गुह्येश्वरी मन्दिर ओरिपरि श्रद्धालु महिला भक्तजनको ऋषि पञ्चमी पूजा
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


