२०८३ साउन १३ गते बुधबार

नृत्यले भरिएको ‘ज्याकीः आई एम ट्वान्टी वान’

 |  रासस
Sanket

रासस

काठमाडौँ, बैशाख २५
jackie12

काठमाडौं – गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ। बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ। किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ। नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेकी हुन्। उनको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले नत राम्रो समीक्षा नै पाइरहेको छ नत राम्रो व्यापार नै गर्न सकेको छ।

पात्रहरुले आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयत्न गर्दा आइपर्ने व्यवधान नै अवरोध हुन्। अवरोध नभएमा पात्रलाई उद्देश्य प्राप्त गर्न सहज हुन्छ। सहजताले दिएको सफलताले अन्यलाई प्रभाव पार्दैन। चलचित्रमा प्रमुख पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि खासै अवरोधहरुको सामना गर्दैनन्। तसर्थ उसको उद्देश्य प्राप्ति सजिलै हुन्छ। द्वन्द्व सिर्जनामा चुक्दा दर्शकले पात्रसँगै यात्रा गर्दैनन्।

धराने केटो ज्याकी लिम्बू (धीरज मगर) मै केन्द्रित रहेको चलचित्रमा उनको पहिचान नृत्यले स्थापित गरेको हुन्छ तर, ज्याकीका बुबा छोरालाई लाहुरे बनाउन चाहन्छन्। जेठा दाजु मिलनमार्फत पूरा नभएको सपना ज्याकीमाथि लादिएको छ। एकतर्फ बुबाको चाहना अर्कोतर्फ आफ्नो गन्तव्य। ज्याकी अलमलमा रहँदा नै एउटा घटनाले उनलाई काठमाडौंसम्म ल्याउँछ। ज्याकीझैँ रुबी (जसिता गुरुङ)को पनि सपना नृत्य नै हो। उनलाई आफ्नो भविष्य नृत्यकार भएर बनाउनु छ तर, घरमा आमाबाहेक उनको यो सपनामा साथ दिने कोही छैन। काठमाडौंमा यी दुईको भेट हुन्छ। एउटै गन्तव्य भएकाले सहकार्य गर्छन्। यी दुई पात्रले आफ्नो सपना पुरा गर्ने सन्दर्भमै ‘ज्याकीः आई एम ट्वान्टी वान’को बाँकी कथा प्रस्तुत गरिएको छ।

हिपहप डान्सलाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ। सङ्गीतको तालअनुसारका नृत्यका स्टेपको प्रस्तुती आकर्षक देखिन्छ। नृत्यझैँ कथालाई पर्दामा विश्वासिलो ढङ्गमा प्रस्तुत गर्न नसक्दा निर्देशक राईले राम्रो चलचित्र दिन सकेकी छैनन। प्रमुख पात्रले सहजै गन्तव्य तय गर्न थालेपछि दर्शक जोडिँदैनन्। चलचित्रको सङ्गीत र यसमा देखाइएको नृत्यहरू धेरै मात्रामा प्रभावित भएको देखिन्छ। आफ्नो पात्रलाई जीवन्त बनाउन अभिनेता मगर, अभिनेत्री गुरुङसँगै अभिनेता अरुण क्षेत्रीले गरेको मेहनत देखिएता पनि प्रस्तुतीका कारण त्यो महसुश गर्न सकिँदैन। निर्माण समूहले उल्लेखित कलाकारलाई नृत्यको प्रशिक्षण नै दिएर चलचित्र निर्माण गरेको थियो। नेपाली चलचित्रमा आफ्नो पात्र निर्माणमा यस किसिमको मेहनत निकै कम कलाकारले गर्ने गरेकाछन्।

यद्यपि विषय र त्यसको प्रस्तुतीको कारण त्यो फिक्का देखिएको छ। एउटा गीतलाई उत्कृष्ट बनाउन निर्देशक राणाले गर्ने मेहनत चलचित्रमा देखिएको छैन। त्यसैले चलचित्र हेरिरहँदा कहीँकतै नृत्य रियालिटी सो हेरेजस्तो पनि लाग्छ तर, हिपहपका नृत्य रुचाउने, भूमिगत नृत्य गर्ने समूहलाई भने यसले आकर्षण गर्न सक्छ। किनकि चलचित्रमा कथा नभई नृत्य नै नृत्य छ।

प्रकाशित: २०८० बैशाख २५ गते सोमबार ०७:१६
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा सुरु भयो ‘एनसेल लिटरेचर फेस्टिभल’

पोखरा- पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरू भएको छ। बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराहीघाट मैदानमा फागुन...

बैशाख २१ गते न्यूयोर्कमा नेपाली म्युजिक एन्ड फिल्म अवार्ड

काठमाडौँ- पहिलो पटक ‘टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक फिल्म अवार्ड यूएसए’ आयोजना हुने भएको छ। मंगलबार एक कार्यक्रमका बीच बैशाख २१ गते अमेरिकाको न्यूयोर्कमा म्यूजिक फिल्म अवार्ड आयोजना...

अभिनेता विजय बराल भन्छन्- हिरो त म श्रीमती र छोराको मात्रै हो

काठमाडौँ- साहित्य, संगीत र अभिनय। कलाका यी आयामबारे पत्रकार तथा लेखक राज सरगमसँग गफिए, लेखक/पत्रकार बसन्त बस्नेत, गायिका अभया सुब्बा र कलाकार विजय बराल। अहिले ब्यान्ड सेलाइरहेको समयमा पनि लामो...

राजमौलीको फिल्मबाट बलिउडमा फर्किँदै प्रियंका, बनाइन् सर्वाधिक पारिश्रमिकको रेकर्ड

एजेन्सी - प्रियंका चोपडा सन् २०२१ मा 'द ह्वाइट टाइगर' फिल्ममा देखियता बलिउडको ठूलो पर्दामा देखा नपरेको वर्षौं भइसक्यो। प्रियंकाले फरहान अख्तरको आगामी फिल्म 'जी ले जरा' बाट बलिउडमा कमब्याक गर्ने...

काठमाडौँ आइपुगिन् मिस युनिभर्स [तस्बिरसहित]

काठमाडौँ- ‘मिस युनिभर्स २०२३’ निकारागुआकी सेनिस पलासियोस नेपाल आएकी छिन्। केहीबेरअघि उनी अन्तर्राष्ट्रिय विमानस्थल अवरण गरेकी हुन्। होटल हायातमा हुने ‘मिस युनिभर्स फाइनल’मा अतिथिको रूपमा...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना