२०८३ कार्तिक १२ गते बुधबार

भर्खरै लन्च भएको आईफोन-१६ मा के छन् विशेषता? मूल्य कति पर्ला?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
iPhone-16-Pro-Design-

काठमाडौँ- एप्पलले आईफोन-१६ सिरिज लन्च गरेको छ। सेप्टेम्बर ९ मा कम्पनीको वार्षिक कार्यक्रम अमेरिकाको क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजना गरिएको थियो।

यस पटक कम्पनीले कार्यक्रमको नाम ‘इट्स ग्लोटाइम’ राखेको थियो। कार्यक्रममा नयाँ एप्पल उपकरणहरू एक पछि गरी अर्को लन्च गरियो। कार्यक्रममा एप्पल वाच सिरिज–१०, एयरपड्स–४, एप्पल वाच अल्ट्रा–२, एयरपड्स म्याक्स लन्च गरेपछि कम्पनीले आइफोन–१६ सिरिज सार्वजनिक गरेको छ।

आईफोन-१६ शृङ्खलामा कुल चार मोडल छन्। यी चारै मोडल लन्च गरिएका छन्- आईफोन १६, आईफोन १६-प्लस, आईफोन-१६ प्रो, आईफोन १६ प्रो म्याक्स।

एप्पलको उक्त लन्चिङ कार्यक्रममा ‘आर्टिफिसियल इन्टेलिजेन्स’लाई जोड दिइएको देखिएको थियो। अब आइफोनका नयाँ सिरिजमा कम्पनीको आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली (एप्पल इन्टेलिजेन्स) जडान गरिएको छ।

‘हामी एप्पलको इन्टेलिजेन्स र यसको उत्कृष्ट क्षमताको साथ नयाँ डिजाइनमा आईफोन प्रस्तुत गर्दैछौँ, ‘ एप्पल कम्पनीका प्रमुख कार्यकारी टिम कुकले कार्यक्रममा भने, ‘जुन महिनामा हामीले एप्पल इन्टेलिजेन्स सुरु गर्‍यौं। हाम्रो शक्तिशाली नयाँ व्यक्तिगत एआई प्रणाली धेरै तरिकामा पूर्ण रूपमा फरक छ।’

नयाँ एआई प्रणालीले टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट गर्नेछ। एप्पलका उपकरणमा प्रयोग हुने सिरी पहिले भन्दा धेरै प्रभावकारी बनाइएको छ।

यद्यपि, एप्पल इन्टेलिजेन्स सुविधा केही महिनापछि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ। पहिले यो केही देशहरूमा बिटा संस्करणमा लन्च हुनेछ भने विस्तारै यसको दायरा विस्तार गरिनेछ।

आईफोन-१६ शृंखलामा क्यामेरा चलाउनका लागि साइडमा थप एक बटन दिइएको छ। यसको प्रयोग गरेर प्रयोगकर्ताहरूले क्यामेरा एप खोल्ने, फोटो क्लिक गर्ने, भिडियो बनाउन, जुम, एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम गर्न सक्छन्। यसले आईफोनबाट भिडियो बनाउन र तस्विर क्लिक गर्न सजिलो हुने कम्पनीको दाबी छ।

केही महिनामा एप्पल इन्टेलिजेन्सको सुरुवातसँगै, प्रयोगकर्ताहरूले क्यामेरा नियन्त्रणहरू मार्फत भिजुअल इन्टेलिजेन्स पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ।

प्रयोगकर्ताहरूले यस सिरिजमा एक्सन बटन पनि पाउनेछन्। एक प्रेसमा थुप्रै फङ्सनमा जान सकिने गरी विकास गरिएको कम्पनीको भनाइ छ। जस्तै प्रयोगकर्ताहरूले यसलाई प्रयोग गरेर फ्ल्यासलाइट, क्यामेरा वा नियन्त्रण खोल्न सक्छन्। रिङटोन वा साइलेन्स मोडमा स्विच गर्न सक्छन्।

नयाँ सिरिजमा विशेषगरी ए-१८ चिप प्रयोग गरिएको छ। अघिल्लो आईफोन सिरिजभन्दा यो दुई जेनेरेसन अगाडि रहेको चिप हो। आईफोन-१५ मा ए-१६ बायोनिक चिप प्रयोग गरिएको थियो। नयाँ चिपका कारण डिभाइसको पावर क्षमता बढाउनुका साथै ब्याट्रीको आयु पनि बढी हुने कम्पनीले जनाएको छ।

आईफोन-१६ मा ४८ मेगापिक्सेलको डुअल क्यामेरा छ। टेलिफोटो लेन्समा २-एक्स जुम क्षमता छ। आईफोन-१६ प्रो मा ५-एक्स जुम क्षमता छ।

आईफोन–१६ मा २७ घण्टासम्म भिडियो प्लेब्याक गर्ने क्षमताको ब्याट्री राखिएको कम्पनीको दाबी छ । आईफोन-१६ प्रो मा ३३ घण्टासम्म भिडियो प्लेब्याक गर्ने क्षमता रहेको एप्पलको भनाइ छ।

आईफोन-१६ र आईफोन-१६ प्लस कालो, सेतो, गुलाबी, टेल, अल्ट्रामारिन गरी जम्मा पाँच रंगमा उपलब्ध छन्।

आईफोन-१६ प्रो र आईफोन-१६ प्रो म्याक्स कालो टाइटेनियम, सेतो टाइटेनियम, नेचुरल टाइटेनियम, डेजर्ट टाइटेनियम गरी चार रंगमा उपलब्ध छन्।

डिस्प्लेको साइजको कुरा गर्दा आइफोन–१६ को साइज ६.१ इन्च र आइफोन–१६ प्लसको साइज ६.७ इन्च छ। आईफोन–१६ प्रोको साइज ६.३ इन्च र आइफोन–१६ प्रो म्याक्सको साइज ६.९ इन्च छ।

क्षमताको हिसाबले आइफोन–१६ र आइफोन–१६ प्लस–१२८ जीबी, २५६ जीबी र ५१२ जीबीका तीन वटा भेरियन्ट छन्।

आईफोन-१६ प्रो र आईफोन-१६ प्रो प्लसमा चार भेरियन्ट छन्- १२८ जीबी, २५६ जीबी, ५१६ जीबी र १ टीबी। आईफोन प्रो म्याक्सका तीन भेरियन्टहरू – २५६ जीबी, ५१६ जीबी र १ टीबी। सबै मोडल सेप्टेम्बर १३ देखि प्रि-अर्डर गर्न सकिने बताइएको छ।

नेपाली बजारमा आईफोन–१६ को मूल्य १ लाख ४० हजारबाट सुरु हुने र आईफोन–१६ प्लसको मूल्य १ लाख ६० हजारबाट सुरु हुने बताइएको छ। यस्तै आईफोन–१६ प्रोको मूल्य १ लाख ८० हजार र आईफोन–१६ प्रो म्याक्सको मूल्य २ लाख १५ हजारबाट सुरु हुने बताइएको छ। यो अनुमानित मूल्य हो।

प्रकाशित: २०८१ भदौ २५ गते मङ्गलबार ०८:३७
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना