२०८३ कार्तिक ११ गते मङ्गलबार

सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको थियो, श्रीमानले श्रीमतीको हत्या गरे

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, भदौ २६
death

पोखरा- पोखरा महानगरपालिका ८ बगालेटोलमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा अन्दाजी ४२ वर्षीय जहर कुँवर रहेका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई पोखरा–८ बगालेटोल बस्ने कुँवरले अन्दाजी ४० वर्षीया राधिका कुँवरलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ।

घरायसी विवाद बढ्दै जाँदा श्रीमानले श्रीमतीको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। उनीहरुका एक छोरा छन्।

कुँवर मानसिक स्वास्थ्य समस्याबाट पीडित भएको खुलेको छ।

वैदेशिक रोजगारीबाट फर्केका श्रीमान जहरसिंह कुँवर डिप्रेसनको सिकार थिए।

उनले नियमित औषधीसमेत लिने गरेको कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

श्रीमान जहरसिंहले दिउँसो सामान्य विवादमा श्रीमती राधिका कुँवरको हत्या गरेका थिए।

कुँवर श्रीमान/श्रीमतीबीच दिनहुँजसो झैझगडा हुने गरेको थियो। सोही कारण उनीहरुबीच सम्बन्धविच्छेदको प्रक्रिया पनि अदालतमा चलिरहेको थियो।

अदालतको आदेश नआउञ्जेल सँगै बस्ने भन्ने सहमतिअनुसार उनीहरु एउटै घरभान्छा प्रयोग गर्थे।

बुधबार दिउँसो श्रीमती राधिका घरबाट बाहिर निस्कन खोजेकी थिइन्। त्यो थाहा पाएपछि श्रीमान जहरसिंहले रोक्न खोजेका थिए।

त्यस क्रममा विवाद शुरु भएको कास्की प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

विवाद भएपछि श्रीमानले गालीगलौजसमेत गरेका थिए। जहरले खुकुरी प्रहार गरी हत्या गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए।

जहरसिंहले दिउँसो १२ः१० मा श्रीमतीलाई घाँटी र पेटमा खुकुरी प्रहार गरेका थिए।

श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती राधिकाको उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो।

चिकित्सकले दिउँसो १२ः४४ मा मृत घोषणा गरेको उनले जानकारी दिए।

श्रीमानले पेटमा खुकुरीको प्रहार गरी घाइते बनाएका थिए।

हत्या अभियोग लागेका जहरसिंहलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको एसपी थापाले बताए।

उनले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको एक थान खुकुरीसमेत बरामद गरिएको जानकारी दिए।

घटनाबारे कास्की प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ।

प्रकाशित: २०८१ भदौ २६ गते बुधबार ०८:३५
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना