काठमाडौँ- नेपाल प्रिमियर लिग(एनपिएल)का लागि मार्की खेलाडीको लक्की ड्र भएको छ।
शनिबार भएको लक्की ड्र अनुसार राष्ट्रिय टीमका कप्तान रोहित पौडेल लुम्बिनीको मार्की खेलाडी बनेका छन्।
सन्दीप लामिछाने विराटनगर, कुशल भुर्तेल पोखरा, कुशल मल्ल चितवन, करण केसी काठमाडौं, आसिफ शेख जनकपुर, दीपेन्द्रसिंह ऐरी सुदुरपश्चिम र सोमपाल कामी कर्णालीका मार्की खेलाडी बनेका छन्।
मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
पहिलो संस्करणको एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ।
आगामी नोभेबर ३० देखि डिसेम्बर ३१ सम्म एनपीएलका लागि शुक्रबार मार्की प्लेयर नाम घोषणा भएको थियो भने शनिबार उनीहरुको टिम पनि टुंगो लागेको हो।
एनपीएलमा ८ टिमका लागि एकएक जना मार्की खेलाडी छानिएको हो। मार्की खेलाडीले फरकफरक टिमबाट खेल्नुपर्छ।


