दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै दलित अधिकारकर्मीले अर्धनग्न जुलुस निकालेका छन्।
वर्तमान सरकारमा पनि आफ्नो समुदायको प्रतिनिधित्व नभएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको हो।
करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए।
उनीहरूले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै विभिन्न नारा समेत लगाएका छन्।


