कान्दाहार – अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सोमबार एक मोर्टार खानी पड्किँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता हाफिज साबेरले मङ्गलबार बताएका छन्।
‘विगतका लडाइँबाट बाँकी रहेको मोर्टार खानी सोमबार साँझ कान्दाहार शहरको हाजी अजिज क्षेत्रमा बालबालिकाले फेला पारेको त्यसलाई खेल्न थाले तर अचानक विस्फोट भयो र तीन जनाको घटनास्थलमै मृत्यु भयो’, अधिकारीले भने। गत हप्ता अफगानिस्तानको पूर्वीलोगार प्रान्तमा यस्तै दुर्घटनामा एक व्यक्तिको ज्यान गएको थियो।
अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशमध्ये एक हो किनकि विगत चार दशकको युद्ध र गृह द्वन्द्वबाट बाँकी रहेका विस्फोटन नगरिएका उपकरणको विस्फोटका कारण प्रत्येक महिना दर्जनौँ मानिस, प्रायःबालबालिका मारिने र अपाङ्ग हुने गरेको छ।


