काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी खडा गरेर अमेरिका पठाउने ठगी प्रकरणमा रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका हुन्।
उनीहरुलाई काठमाडौंको शंखमुलबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। यो प्रकरणमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई लगायत ८ जना यसअघि नै पक्राउ परिसकेका छन्।
यो प्रकरणमा संलग्न भएको आरोपमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायामाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएपछि रायामाझी फरार छन्।
