काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ।
गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग-२ कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो।
नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने खेल क्यानडाको ओन्टारियोमा हुनेछ। क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ।
भारत र श्रीलंकामा गरेको तयारी, टी-२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ। क्यानमा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ।
घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ। ओडिआई सिरिज सकिएको २ दिन पछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्ने छन्।
विश्वकप लिग-२ को एकदिवसीय सिरिज तालिका
नेपाल भर्सेस क्यानडा – भदौ ३१- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस ओमान – असोज २ गते- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस क्यानडा – असोज ६ गते – नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस ओमान – असोज ८ गते – नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो
टी-२० सिरिज खेल तालिका
नेपाल भर्सेस क्यानडा – असोज १२ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस ओमान – असोज १३ गते – नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस क्यानडा – असोज १५ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो
नेपाल भर्सेस ओमान – असोज १६ गते – नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो
टिम नेपाल
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)


