२०८३ कार्तिक १२ गते बुधबार

एनएसजेएफलाई एआइपीएस एसिया उत्कृष्ट खेलकुद मिडिया अवार्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २६
nsjf best media award
फाइल तस्बिर

दक्षिण कोरिया – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया)ले मंगलबार एनएसजेएफलाई उक्त अवार्ड प्रदान गरेको हो।

दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपीएस एसियाको २४ औं कंग्रेस दौरान एनएसजेएफलाई अवार्ड प्रदान गरिएको हो।

एआइपीएस एसियाका अध्यक्ष हि डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे। अवार्ड वितरण समारोहमा एनएसजेएफका केन्द्रिय सदस्य निशान राई र एआइपीएस एसियाका कोषाध्यक्ष समेत रहेका एनएसजेएफका पूर्व अध्यक्ष निरञ्जन राजवंशीको उपस्थिति रहेको थियो।

ब्यबसायिक खेलकुद पत्रकारिताको प्रबर्द्धन र पत्रकारिताको माध्यमबाट खेलकुदको बिकासमा पुर्र्याएको योगदानको कदर गर्दै एनएसजेएफलाई अवार्ड प्रदान गरिएको एआइपीएस एसियाले जनाएको छ।

‘हाम्रो एआइपीएस एसियाका सदस्य राष्ट्र मध्ये एनएसजेएफ सबैभन्दा सक्रिय संस्था हो। हामीलाई प्राप्त जानकारी अनुसार खेलकुद पत्रकारिता र खेलकुद पत्रकारहरुको वृतिविकासको लागि एनएसजेएफले वर्षभरि विभिन्न कार्यक्रम गर्दै आएको छ। म बधाई दिन चाहन्छु, ’ अवार्ड प्रदान गरेपछि अध्यक्ष जुङले भने।

एनएसजेएफ नेपाली खेलकुद पत्रकारहरुको छाता संगठन हो। एनएसजेएफले हरेक वर्ष एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको साथै खेलकुद पत्रकारहरुको वृतिविकासको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

यस्तै बंगलादेश स्पोर्ट्स प्रेस युनियनले समेत ‘एआइपीएस बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। एआइपीएस एसियाका पूर्व अध्यक्ष ग्याप चुल पार्क, पूर्व सदस्य मानुचोर जान्दी र युसुफ बर्जाबीलाई एआइपीएस लिजेन्ड अफ एसिया अवार्ड प्रदान गरिएको छ।

फिफा विश्वकप आयोजक कतारले बेस्ट अर्गनाइजर अवार्ड तथा बेस्ट सपोर्टर अवार्ड साउदी अरेबियाले प्राप्त गरेको छ। हि डोन जुङलाई बेस्ट एआइपीएस प्रेसिडेन्ट प्रदान गरिएको छ।

त्यस्तै कंग्रेस दौरान एआइपीएस एसियाका कोषाध्यक्ष राजवंशी र महासचिब अमजद अजिज मल्लिकले पेश गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो।

प्रकाशित: २०८० बैशाख २६ गते मङ्गलबार ०६:३९
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना