हेटौँडा- पेरिस पारालिम्पिक्समा पहिलो पटक भित्र्याएकी पलेशा गोवर्द्धनलाई बागमती सरकारले सम्मान गरेको छ।
संविधान दिवसको अवसरमा पालिम्पिकमा काँस्य पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो।
उनका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ।
यसैगरी एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिका गुरुङलाई ५ लाखसहित सम्मान गरिएको छ।
एरिकाको सम्मा उनकी आमाले ग्रहण गरिन्।
एसियन च्याम्पियनसिपमा भाग लिन एरिका चीनमा रहेकाले एरिकामाता रत्ना गुरुङले सम्मान ग्रहण गरेकी थिइन्।
एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई पनि एक लाख प्रदान गरिएको छ।
तेक्वान्दो र कराँतेका प्रदेश संघलाई पनि नगदबाट सम्मान गरिएको छ।
कार्यक्रमअघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो।


