काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले बोल्नका लागि समय माग गरेको गरेपनि सभामुख देवराज घिमिरेले समय नदिएको भन्दै राप्रपा सांसदहरूले रोस्टम घेराउ गरेका थिए। यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरे।
राप्रपाका सांसदहरुले भ्रष्टाचारविरुद्ध संसद्मा बोल्न पाउनुपर्ने माग गरेका थिए।









