काठमाडौँ– प्रेस काउन्सिल नेपालको ५५औं वार्षिकोत्सवका अवसरमा घोषणा गरिएका विभिन्न पुरस्कार प्रदान गरिएको छ।
गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलले हस्तान्तरण गरेका हुन्।
यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युटलाई संयुक्त रूपमा प्रदान गरिएको छ। यस पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको छ ।
यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दियाका बद्री सिग्देललाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ।
प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमले पाएको छ।
काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान गर्दै आएको छ।
