२०८३ कार्तिक १३ गते बिहिबार

क्यानडाको लिग-२ सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ८
criket

क्यानडा भ्रमणमा रहेको नेपालले लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अन्तिम खेल खेल्दैछ।

क्यानडामा भएको लिग-२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८:४५ बजे खेल सुरू हुनेछ।

यस सिरिजमा नेपालले अहिलेसम्म खेल जित्न सकेको छैन। नेपालले पहिलो र तेस्रो खेलमा क्यानडा तथा दोस्रो खेलमा ओमानसँग पराजय बेहोर्‍यो। पहिलो खेलमा नेपालले क्यानडासँग १०३ रनको हार बेहोरेको थियो। उक्त खेलमा क्यानडाले दिएको २५४ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा १ सय ५० रनमै अलआउट भयो।

दोस्रो खेलमा नेपाल ओमानसँग १ विकेटले स्तब्ध भयो। त्यस खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । यद्यपि नेपालले त्यो स्कोरको रक्षा गर्न सकेन।

नेपालले तेस्रो खेलमा फेरि खराब ब्याटिङ गर्‍यो। उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १८१ रनमै अलआउट भयो । नेपाल अब श्रृंखलाको अन्तिम खेलमा जित हात पारेर २ अंक जोड्न चाहन्छ।

उता ओमान पनि नेपाललाई हराएर महत्वपूर्ण २ अंक जोड्ने योजनामा छ। उसले पहिलो खेलमा नेपाललाई हराए पनि दोस्रो खेलमा क्यानडासँग ५९ रनको हार बेहोर्‍यो। र, ओमान मंगलबार नेपाललाई स्तब्ध पार्दै लयमा फर्किन चाहन्छ।

हालसम्म नेपाल र ओमानले ओडिआईमा आठ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले पाँचमा हार बेहोर्दा तीन खेलमा मात्र जित निकालेको छ । नेपाल आज ओमानलाई हराउँदै हेड टु हेड रेकर्डमा पनि सुधार गर्न चाहन्छ।

नेपालले मंगलबार प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना बलियो छ। नेपालले चौथो खेलमा अर्जुन साउद र अनिलकुमार साहलाई विश्राम दिएर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीलाई मौका दिने सम्भावना रहेको हो।

पछिल्लो दुई खेलमा लगातार मौका पाए पनि अर्जुन र अनिल चलेनन्। अर्जुनले ओमानविरुद्ध ५ तथा क्यानडासँगको खेलमा १० रन मात्र बनाए । यस्तै, अनिलले ओमानविरुद्ध तीन तथा क्यानडासँग एक रन मात्र जोडे।

जारी सिरिजमा मुख्य प्रशिक्षक मोन्टी देसाईले अनिलको भूमिका परिवर्तन गरेका छन्  विगत प्रायः शीर्षक्रममा ब्याटिङ गर्ने उनले यस श्रृंखलामा तल्लोक्रममा ब्याटिङको मौका पाएका छन् । तर, त्यसमा अनिल सफल देखिएका छैनन्।

प्रशिक्षकले मंगलबारको खेलमा अर्जुन र आसिफलाई बाहिर राखेर अनिल र कुशललाई ओपनिङ ब्याटरको जिम्मेवारी दिने सम्भावना पनि छ । यस्तो भएमा अनिलले विकेटकिपिङ पनि गर्ने छन्।

पहिलो खेलमा १ रनमै आउट भएपछि कुशल पछिल्लो दुई म्याचमा लगातार बेन्चमा छन्। उनको विकल्पमा खेलाइएका अर्जुनले पनि खराब लय समातेपछि अन्तिम खेलमा भुर्तेलको कमब्याकको विकल्प छैन।

तालिकाअनुसार लिग-२ नेपालले २७ अक्टोबरमा (कात्तिक ११) अमेरिकासँग, २९ अक्टोबरमा (कात्तिक १३) स्कटल्यान्डसँग, २ नोभेम्बरमा (कात्तिक १७) फेरि अमेरिकासँग र अन्तिम खेलमा ४ नोभेम्बरमा (कात्तिक १९) स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।

लिग-२ को एकदिवसीय सिरिज पछि तीनै टोलीबीच टी-२० सिरिज हुनेछ।

 

प्रकाशित: २०८१ असोज ८ गते मङ्गलबार ०९:५७
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना