काठमाडौं– तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्ध १४ वर्षको उमेरमै प्रजातन्त्र माग गर्दै आन्दोलनमा होमिएका जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ।
उनीमाथि २७ चैत २०६३ मा प्रहरीले कञ्चटमा गोली हानेको थियो। उपचारका क्रममा बुधबार राती ८ बजे उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले बताए।
मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए। १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो।


