काठमाडौँ– सलमान खानका प्रशंसकहरू उनको धमाकेदार कमब्याकको प्रतीक्षामा छन्। आगामी इदमा उनको नयाँ फिल्म ‘सिकन्दर’ आउँदैछ।
फिल्मले कति रेकर्ड बनाउँछ त्यो भने देख्न बाँकी छ।
यतिबेला भने सलमानको नयाँ लुक्सलाई लिएर प्रशंसकहरूले चर्चा गरिरहेका छन्। सलमानले ‘सिकन्दर’को पहिलो लुक सेयर गरेका छन्। उक्त तस्बिरमा सलमान जिममा देखिएका छन्। उनको आकर्षक ज्यानलाई प्रशंसकहरूले तारिफ गरिरहेका छन्।
साजिद नाडियाडवालाको यो फिल्ममा सलमान खानको क्यारेक्टरको चर्चा छ। फिल्मलाई गजनीका निर्देशक एआर मुरुगादासले निर्देशन गर्दैछन्। यो फिल्ममा सलमान फरक चरित्रमा देखिने बताइएको छ।
यस फिल्ममा सलमानसँग रश्मिका मन्डन्ना देखिदैछिन्।


