काठमाडौँ– मध्यमवर्गीय परिवारको कथामा बनेको फिल्म ‘सानो संसार’ आजबाट प्रदर्शनमा आएको छ।
सिद्धार्थ पुडासैनीले निर्देशन गरेको यो फिल्मले फिल्म पारखीहरूबाट राम्रै तारिफ बटुलिरहेको छ। फिल्ममा सीतादेवी तिमल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजालर शिशिर शिवाकोटीको अभिनय छ।
अर्जुन कुमारले निर्माण गरेको फिल्ममा माधव वाग्ले कार्यकारी निर्माता छन्।
फिल्मलाई प्रवीन खड्काले खिचेका छन्।


