काठमाडौँ- दक्षिण कारियाली बहुराष्ट्रिय विद्युतीय उपकरण निर्माता कम्पनी सासमङले ग्यालेक्सी ए-२४ एलटीई बजारमा ल्याएको छ। ओक्टा–कोर प्रोसेसर जडित यो मोबाइलमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले छ।
६ जीबी र ८ जीबी र्याममा उपलब्ध यो मोबाइलमा १२८ जीबी स्टोरेज क्षमता छ। मोबाइल ले १ टीबीसम्मको बाह्य मेमोरीलाई सपोर्ट गर्न सक्ने कम्पनीको भनाइ छ।
ग्यालेक्सी ए२४ एलटीईमा ५० मेगापिक्सेलको मुख्य क्यामरा छ। उक्त मुख्य क्यामरालाई ५ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्सले सपोर्ट गरेका छन्। १३ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको फोनको ब्याट्री क्षमता ५ हजार एमएएच छ।
६ जीबी र्याम र १२८ जीबी स्टोरेज क्षमता भएको ग्यालेक्सी ए२४ को मूल्य २ ९ हजार तोकिएको छ। ८ जीबी र्याम र १२८ जीबीको स्टोरेज क्षमता भएको मोबाइलको मूल्य ३ २ हजार राखिएको छ।
