काठमाडौँ- दसैँमा नयाँ नोट दिँदै आएको नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट दिन थालेको छ।
दसैँमा माग उच्च हुने साना दरका सुकिला नोट सटहीको व्यवस्था राष्ट्र बैंकले गरेको हो।
राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट दिन थालेको हो।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयले समेत सुकिला नोट दिन थालेका छन्।














