काठमाडौँ– नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा संलग्न भएकाहरू सबैलाई कारबाहीको माग गर्दै सत्तारुढ नेकपा (एकीकृत समाजवादी)समर्थित जनवर्गीय संगठनले प्रदर्शन गरेका छन्। ठगीमा संलग्नलाई कडा कारबाही गराउन जनदबाब सिर्जना गर्न बिहीबार माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन्।
मोर्चामा आवद्ध संगठनहरूले देशका सबै जिल्लामा विरोध बिहीबार विरोध प्रदर्शन गरिएको जानकारी दिएका छन्।
माइतीघरमा भएको प्रदर्शनमा नेकपा एस समर्थित अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, बागमती प्रदेस सभा सदस्य बसन्त मानन्धर, किसान महासंघका अध्यक्ष बलराम बास्कोटालगायत सहभागी थिए।












