नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ।
आइतबार राति भएको खेलमा नेपालले ओमानमाथि ३७ रनको जित निकालेको हो।
नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अलआउट भयो। उसका लागि सोएब खनाले ४५ रन र रफिउल्लाहले ३३ रन बनाए। ओपनरद्वय कश्यप प्रजापति शून्य र अकिब इल्यास २ रनमा आउट भएपछि नेपालले उत्कृष्ट सुरावत गर्यो। प्रजापतिलाई पहिलो ओभरमा करण केसी र इल्यासलाई रिजन ढकालले दोस्रो ओभरमा आउट गरेका थिए।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए भने कुशल भुर्तेल र गुल्सन झाले २-२ विकेट हात पारे। रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले एक एक विकेट लिन सफल भए। दीपेन्द्रले २ ओभरमा १ मेडन राख्दा २ रन मात्र खर्चिएका थिए।
त्यसअघि टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७६ रन जोड्यो।
कुशल मल्लले २६ बलमा ३० रन, कुशल भुर्तेलले १७ बलमा २० रन बनाउँदा कप्तान रोहित पौडेल ५ बल खेलेर २ रनमा आउट भए।
त्यसअघि ओपनरद्वय अनिल साहले २१ बलमा २७ रन र आसिफ शेखले २२ बलमा २७ रन बनाए। देव खनालले २ रन मात्र जोड्न सके।
बलिङमा ओमानका अबिक इल्यासले ३ विकेट लिएका थिए।


