काठमाडौँ- नेपाल बैंकर्स सघंले जेठ महिनाको ब्याजदर नघटाउने सहमति गरेको छ। वैशाख महिनामा १० प्रतिशतले ब्याजदर घटाएका बैंक तथा वित्तीय संस्थाले निक्षेप ब्याजदर घटाउँदा निक्षेप घट्ने भन्दै यस्तो सहमति गरेका हुन्।
वैशाख महिनाबाट अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर एकल अङ्कमा झरेको छ। बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर यथावत नै राख्ने भएको हो। व्यक्तिगत मुद्दती निक्षेपको व्याजदर ९.९९ प्रतिशत, मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत तथा बचतमा ५.४ देखि ७.४ प्रतिशतसम्म रहेको थियो।
यस्तै राष्ट्र बैंक पछिल्लो निर्देशनअनुसार बैंकको आधार दर भने घट्ने देखिएको छ। पछिल्लो तीन महिनाको औषत आधार दर गणना गरी बैंकहरुले प्रत्येक महिना आधार दर प्रकाशित गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
वैशाख महिनामा निक्षेपको ब्याजदर घटेकाले जेठ महिना बैंकहरुको कस्ट अफ फन्ड र आधार दर घट्ने भएकाले कर्जाको ब्याजदर समेत घट्ने देखिएको छ।
