काठमाडौँ- बिपी राजमार्गमा यतिबेला गाडीहरू चल्दैनन्, यत्रतत्र पैदलयात्री भेटिन्छन्।
शनिबार आएको बाढीले राजमार्ग नै कटान गरेपछि अहिले यहाँ कुनै पनि सवारी चल्न सकेको छैनन्।
सवारीमा अड्किएकाहरू गन्तव्यतर्फ पैदलै गइरहेका छन्।
राजमार्गको निर्माणसँगै सहज अनुभव गरेका स्थानीय अहिले भने त्रासमा छन्।
आफ्नो दैनिकीलाई निरन्तरता दिनको लागि मानिसहरु बाढीपहिरो गएको ठाउँबाटै ज्यान हत्केलामा राखेर ओहोरदोहोर गरिरहेका छन्।
रोशी गाउँपालिका-७ पुग्दासम्म २ ठाउँमा त सडक नै छैन। मानिसहरु भीरमा रहेका ढुंगामा आफ्नो ज्यानको बाजी राखेर आवतजावत गरिरहेका छन्।


















