काठमाडौँ- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको चाड बडादसैँ बिहीवारदेखि सुरू भएको छ।
घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश र घटको स्थापना गरी घटस्थापना गरिएको छ।
बिहानै नृत्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा वा दसैं घरमा विधिपूपर्वक जौ रोपेर जमरा राख्ने गरिन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन्।
राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ। सोही परम्परालाई निरन्तरता दिँदै उहाँले घटस्थापना गरेर जमरा राखेका हुन्।
विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ।
आजैदेखि दसैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा पनि सुरु भएको छ।
जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज जौ रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै जमरा ग्रहण गरिन्छ।
आजकै दिन हनुमानढोका दरवार स्क्वायरको दसैँघरमा पनि विधिवत् रुपमा जमरा राखिएको छ।
तस्बिरमा दसैँघरका यवरोपण (जमरा राख्ने काम)










