काठमाडौँ- एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यस्विजले जितेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा शनिबार भएको फाइनलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको हो।
पहिलो सेट १७-२५ र दोस्रो सेट २०-२५ ले गुमाएको ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेटमा जित निकालेको थियो।
उसले तेस्रो सेट २५-१२ र चौथो सेट २५-१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो।
निकै प्रतिस्पर्धात्मक पाँचौं सेटमा १५-१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले उपाधि रक्षा गर्यो।


