काठमाडौँ- सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री–वितरण सुरु गरेको छ।
थापाथलीस्थित कम्पनीको परिसरबाट आइतबार बिहानदेखि खसीबोका र च्याङ्ग्राको बिक्री–वितरण सुरु गरिएको हाे।
काठमाडौं उपत्यकामा खसीबोका र च्याङ्ग्रा देशका विभिन्न भागबाट ल्याइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको मूल्यसमेत निर्धारण गरेको छ।
कम्पनीले खसीबोका र च्याङ्ग्राको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ। खसी (जिउँदो)को मूल्य प्रतिकेजी ६६०, बोका जिउँदोको मूल्य प्रतिकेजी ६६० र च्याङ्ग्रा जिउँदोको मूल्य प्रतिकेजी १२२० निर्धारण गरिएको छ।
यसैबLच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ।






















